के भयो र ?

के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ ।
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ ।

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ ।

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ ।

रचना: जितेन्द्र मल्ल

9 तर्कहरु:

Ektaare said...

कहाँबाट साभार गरिएको हो...त्यो पनि उल्लेख गरे हुन्थ्यो नि मित्र..

Subas C. Dhungana said...

सुझाब को लागि धन्यवाद .... अब को पोस्ट मा साभार र स्रोत पनि उल्लेख हुने छा

Ektaare said...

अब को पोस्ट मात्र भनेर भएन सुवासजी । यी रचनाहरू कि त हटाउनु पर्यो कि त सर्जकको नाम दिनु पर्यो । यो रचना चाँही साथी जितेन्द्र मल्लको हो । साथै केशव पौडेलद्वारा संगितवद्ध समेत भइसकेको छ ।

sarojghimire said...

सुवासजी, बुझाइको लागि धन्यवाद | गल्ती भयो भन्नु राम्रो कुरा हो | लुकाउनु चाहिं मुर्खता | त्यसैले सविनजीले भने जस्तै तपाईका बाहेक अरु रचना हटाए राम्रो हुन्छ | यदि तपाईलाई मन परेको हो भने सर्जकको नाम राखे त भइ हाल्यो नि |

Nayan Graphics Studio said...

तपाई ले राख्ने नै हो भने यसरि राख्नु होला
http://syangjalinaresh.blogspot.com/p/blog-page.html

दिनेश राज said...

२ दिन भैसक्यो साभार उल्लेख गर्नु भएको रहेनछ त महाशय ले ।

Subas C. Dhungana said...

साथीहरु सबैलाई सल्लाह अनि सुझाब को लागि धेरै धेरै धन्यवाद | कोशिस गरि रहेको छु यी रचनाहरु कसको हुन् भनेर | जहाबाट साभार गरेको थिए त्येहा पनि नाम फरक फरक छ एउटै रचना को | मैले थाहा पाए सम्म एसको रचयिता जितेन्द्र मल्लको हो र मैले येही राखिदिएको छु | अरु रचनाहरुको लेखक थाहा छ भने जानकारी गराई सहयोग गर्नु होला | धन्यबाद

Nira said...

सुवास चन्द्र ढुंगाना जी, अरु रचनाकारको केहिगरि नाम थाहा हुँदै भएन भने तपाइँले डिलिट गरिदिंदा नै बेस होला जस्तो लाग्यो ! तपाईंसँग फोनमा कुरा गर्दा खुशी लाग्यो केहि दिन अगाडी ! रेस्पोन्स पनि राम्रो गर्नुभयो आभारी छु त्यसका लागि ! कुराकानीका क्रममा तपाईंले सम्बन्धित सर्जकहरुकै नाममा राख्छु भन्नुभएको थियो र शुरुवात पनि गर्नुभएछ ! यसरि तपाइँले कसैले कपि पेस्ट गरेको थाहा पाउनुभयो भने पनि खबर गर्नु हुनेछ भन्ने आशामा छौं ! यसलाई अन्यथा नलिनुहोला !
धेरै-धेरै धन्यवाद !

Subas C. Dhungana said...

निरा जी तपाई को नेपाली साहित्य प्रति माया देखेर धेरै खुसि लाग्यो | म तपाइले भने जस्तै जसको सिर्जना को स्रोत थाहा छैन त्यो हटाई दिने छु | तपाईलाई फोन गरेर सोध्न मन लागेको थियो तर त्येसको भोलि पल्ट नै मैले आफ्नो मोबाइल हराए त्येसैले फोन गर्न सकिन | मिल्छ भने एकपटक फोन गर्नु होला | धेरै धेरै धन्यबाद

Post a Comment